डेंगु देखिएमा, स्वास्थ्य संस्था जान मन्त्रालयको आग्रह
पाेखरा | बैशाख २१, २०८०
काठमाडौं, वैशाख २१ गते । सरकारले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने, दैनिक खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने जस्ता डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको हो ।
पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । डेंगु एडिस इजिष्टी एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रमण रोग हो ।
यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न, सरकारले घरवरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

